दफा १५
प्रहरी कर्मचारी कर्तव्य
: (१) प्रत्येक प्रहरी कर्मचारीको देहायबमोजिम कर्तव्य हुनेछ :
(क) अधिकार प्राप्त अधिकारीले कानुन बमोजिम दिएको आदेश र जारी गरेको वारेण्ट तदारुखतासाथ पालन तथा तामेल गर्नु ।
(ख) शान्ति र व्यवस्थालाई असर पार्ने खालको खबर संकलन गर्नु र माथिल्लो अधिकारीलाई जानकारी दिनु ।
(ग) अपराधको रोकथाम गर्नु र जनतालाई अनावश्यक झन्झटमापर्नबाट बचाउ गर्नु ।
(घ) अपराधीहरू पत्ता लगाउनु र अपराधीलाई कानुनबमोजिम सजाय गराउनु ।
(ङ) कानुनबमोजिम पक्रन पर्ने व्यक्तिलाई र पक्रनु पर्ने पर्याप्त कारण भएका व्यक्तिहरूलाई पक्रनु ।
(च) प्रचलित कानुनबमोजिम गर्नु पर्ने कर्तव्य पालन गर्ने ।
(छ) असमर्थ र असहाय भई बाटो घाटोमा परिरहेका व्यक्तिहरूलाईआफूबाट हुन सक्ने हर किसिमको मद्दत दिने र जोखिम
किसिमका र आफ्नु हेरचाह गर्न नसक्ने किसिमका अम्मल खाएका व्यक्ति वा बौलाहाहरूको जिम्मा लिने ।
(ज) पक्राउ भएका वा थुनामा रहेका व्यक्ति घायल र बिरामी भएमाआवश्यक मद्दतलाई चाहिने कारबाही तुरुन्त गर्न र त्यस्तालाई
पहरा दिँदा वा अन्त लाँदा निजको व्यवस्थाको उचित ख्याल राख्ने ।
(झ) पक्राउ भएका वा थुनामा रहेका व्यक्तिलाई चाहिने सिधा र बासको इन्तजाम गर्ने ।
(ञ) खानतलासी गर्दा असभ्य व्यवहार नगर्ने र नचाहिने हैरानी नदिने ।
(ट) सर्वसाधारण जनतासँग शिष्ट व्यवहार गर्ने र स्वास्नीमानिस रकेटाकेटीहरूसँग व्यवहार गर्दा पूरा इज्जत र मनासिबनम्रतासाथ व्यवहार गर्ने ।
(ठ) आगोबाट हानी नोक्सानीको बचाउ गर्न सकभर कोशिश गर्ने ।
(ड) जनतालाई दुर्घटना वा खतराबाट बचाउन सकभर कोशिश गर्ने ।
(२) माथि खण्ड (क) देखि (ङ) मा लेखिएको कुनै उद्देश्यको प्राप्तिको लागि लागूऔषधि वा मदिरा बिक्री गर्ने र सेवन गराउने भट्टी, पसल, होटल, लज, रेष्टुराँ, जुवा खेलिरहेको ठाउँ, साधारणतः चरित्रहीन र बदमाशहरू भेला हुने कुनै ठाउँमा बिना वारेण्ट प्रवेश गर्न र निरीक्षण गर्न कम्तीमा सहायक निरीक्षक सम्म दर्जाको प्रहरी अधिकृतलाई अधिकार हुनेछ ।
(३) उपदफा (२) बमोजिम बिना वारेण्ट प्रवेश वा निरीक्षण गरेमा त्यस्तो प्रहरीअधिकृतले सो कुराको कारण सहितको लिखित जानकारी यथाशक्य चाँडो प्रमुख जिल्ला अधिकारीलाई दिनु पर्नेछ ।